६ आश्विन २०८१, आईतवार
मुख्‍य समाचार समाचार समाज

रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै प्रदर्शन गर्नेहरु पक्राउ

१९ चैत, काठमाडौं । रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै सिंहदरबार अगाडि प्रदर्शन गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रुसी सेनामा रहेका नागरिकको जीवन रक्षाको लागि सचेतना अभियानकी अभियन्ता कृतु भण्डारी सहित १४ जनालाई प्रहरीले सोमबार बिहान नियन्त्रणमा लिएको हो ।

रुसी सेनामा गएर सम्पर्कविहीन भएकाहरुको खोजी, मृत्यु भएकाहरुको शव फिर्ता र अलपत्र परेकाहरुको उद्धारको माग राख्दै उनीहरुले सिंहदरको दक्षिण गेट अगाडि प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्