१० मंसिर २०८१, सोमबार
अर्थ मुख्‍य समाचार समाचार समाज

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलामा १ हजार ६ सयले बढ्यो

९ चैत, काठमाडौं । आइतबार स्थिर रहेको सुनको भाउ सोमबार फेरि तोलामा १ हजार ६ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ३१ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको छ । जुन मूल्य अघिल्लो दिनको तुलनामा १ हजार ६ सय रुपैयाँ बढी हो भने हालसम्मकै उच्च पनि हो ।

अघिल्लो दिन तोलाको १ लाख ३० हजार रुपैयाँमा सुन कारोबार भएको थियो । विगत केही महिनादेखि नै सुन र चाँदीको भाउ उकालो लागेको छ । चाँदी सोमबार प्रतितोला १० रुपैयाँ बढेर १ हजार ५३५ रुपैयाँ पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउले बढ्दो लय समातेपछि नेपाली बजारमा पनि मूल्यले एकपछि अर्को उचाइ लिएको छ । सुनको मूल्य उतारचढावमा नेपालको खास भूमिका रहन्न ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका क्रममा तय भएको मूल्यका आधारमा नेपाल सुनचाँदी व्यवसायी महासंघले नेपालमा मूल्य तय गर्ने हो । अन्तर्राष्ट्रिय कमोडिटी मार्केटमा हुने माग र आपूर्तिले मूल्य निर्धारण हुन्छ ।

प्रतिक्रिया दिनुहोस्