३ आश्विन २०८१, बिहीबार
अन्तराष्ट्रिय मुख्‍य समाचार समाचार समाज

ताइवानमा शक्तिशाली भूकम्प, ठूला भवनमा क्षति (तस्वीरहरू)

२१ चैत, काठमाडौं । ताइवानमा २५ वर्षपछि शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनहरु भत्किएका छन् भने मानिसहरु कति हताहती भए भन्ने विवरण आउन बाँकी छ ।

सामाजिक सञ्जालहरुमा सेयर गरिएका फोटो र भिडियोहरुमा बहुतले बिल्डिङहरु भत्किएको र पहाडी इलाकामा पहिरो गएको देखिन्छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले पनि तिनै फोटो र भिडियोहरुलाई प्रयोग गरी प्राथमिकताका साथ सामाचार प्रकाशित गरेका छन् ।

Reuters A view of a landslide after an earthquake hit just off the eastern coast of Taiwan

बुधबार बिहान ताइवानको हुआलियन शहरबाट करिब १८ किलोमिटर दक्षिणतर्फ केन्द्रविन्दु भएर ७.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

त्यसपछि पनि भूकम्पका ठूला झड्का महसुस भएका थिए । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार ७.४ म्याग्निच्युडको भूकम्पपछि ६.५ म्याग्निच्युडको अर्को ठूलो धक्का महसुस भएको थियो ।

स्थानीयलाई करिब एक हप्तासम्म यस्तै खालका परकम्पहरु आउन सक्ने भन्दै सतर्क रहन भनिएको छ ।

सुरुको धक्काबाट कमजोर भएका संरचनाहरु अर्को शक्तिशाली धक्काका कारण भत्किएको अनुमान छ । भूकम्पलगत्तै विद्युत आपूर्ति बन्द भएको थियो ।

Reuters Inside an apartment building in New Taipei City

In this image taken from a video footage run by TVBS, a man checks a partially collapsed building in Hualien, eastern Taiwan on Wednesday, April 3.

A man rescuing a child from a collapsed building He is passing her to a woman on the ground.

In this image taken from a video footage run by TVBS, a partially collapsed building is seen in Hualien, eastern Taiwan on Wednesday, April 3.

 

 

प्रतिक्रिया दिनुहोस्