२ कार्तिक २०८१, शुक्रबार
राजनीति

सुदूरपश्चिममा नाउपा सांसद गिरीको कारवाही रोकिदिन सभामुखलाई कांग्रेसको आग्रह

२२ चैत, धनगढी । नेपाली कांग्रेसले नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले प्रदेशसभा सदस्य इन्दिरा गिरीलाई गरेको कारबाही अगाडि नबढाउन सभामुख भीमबहादुर भण्डारीलाई आग्रह गरेको छ ।

कृषि राज्यमन्त्री समेत रहेकी गिरीलाई नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले कारबाही गरेको जानकारी बुधबार सभामुख भण्डारीलाई गराएकी थिइन् ।

बिहीबार भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले सभामुखलाई भेटेर कारवाही प्रक्रिया अघि नबढाइदिन अनुरोध गरेका हुन् ।

भेटमा देउवाले मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने बताउँदै बैठक सार्नुपर्ने अवस्थामा खबर गर्ने समेत सभामुखलाई आग्रह गरेका छन् ।

देउवा केहीबेर अघि सभामुख भण्डारीलाई भेटेर प्रदेश सभा सचिवालयबाट बाहिरिएका छन् । पार्टीको निर्देशन उल्लंघन गरेको भन्दै पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले समानुपातिक सांसद गिरीलाई कारवाही गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्