६ आश्विन २०८१, आईतवार
मुख्‍य समाचार

नेशनल मेडिकल कलेजमा छापा ,   प्रबन्ध निर्देशक र ल्याब प्रमुख पक्राउ

२६ चैत, काठमाडौं । वीरगञ्जको नेशनल मेडिकल कलेजमा प्रहरीले छापा मारेर प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा मेडिकल कलेजका म्यानेजिङ डाइरेक्टर (एमडी) सानबास अन्सारी र ल्याब प्रमुख सञ्जय साह रहेका छन् ।

 

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले सोमबार दिउँसो पक्राउ गरेको हो । मेडिकल कलेजले म्याद गुज्रिएका सामाग्री प्रयोग गर्ने गरेका गुनासो आएपछि प्रहरीले अनुसन्धान गरेको थियो ।

 

सो क्रममा म्याद गुज्रिएका सामाग्री समेत बरामद गर्नुका साथै दुई जनालाई पक्राउ गरिएको पर्सा प्रहरीका प्रमुख एसपी कुमोध ढुंगेलले अनलाइनखबरलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्