६ आश्विन २०८१, आईतवार
मुख्‍य समाचार राजनीति

कांग्रेसको अडानका कारण सभामुखले बोलाएको बैठकमा नेताहरूबीच सहमति जुटेन

२६ चैत, काठमाडौं । सभामुख देवराज घिमिरेले बोलाएको दलहरुको नेताहरुको बैठकमा सहमति जुट्न सकेन । प्रधानमन्त्री प्रचण्डसहित बसेको बसेको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस आफ्नो अडानबाट पछि नहटेपछि सहमति नजुटेको हो ।

 

कांग्रेसले सहकारीको रकम अपचलनका विषयमा गृहमन्त्री रवि लामिछाने माथि छानविनको माग गर्दै संसदीय छानबिन समितिको माग गर्दै आएको छ ।

 

कांग्रेसले उठाएको विषयमा छलफलमा कांग्रेसको सकरात्मक जवाफ नआएएको नेकपा एमालेका प्रमुख सचेतक महेश वर्तौलाले जानकारी दिए । ‘राजनीतिक पूर्वाग्रहमा आधारित छानविन समिति बन्न सक्दैन ।

 

त्यो जायज छैन । तथ्य र प्रमाणमा आधारित नभएर यो कुरा आएको छ,’ बर्तौलाले भने,‘कांग्रेसलाई पुर्नविचार गरेर आउन भनेका छौं । संसदीय छानविन समिति बन्न सक्दैन ।

 

’ संसदीय छानविन समिति गठन नगरी कतिपय विषय संसदको समितिबाट गर्न सकिने विकल्प रहेको उनले बताए ।

 

छोटो समय बसेर सकिएको बैठकबाट बाहिरिएका गृहमन्त्री रवि लामिछानेले फेरि बस्ने कुरा भएको बताए । ‘फेरि बस्ने कुरा भएको छ । केही भएको छैन,’ लामिछानेले भने ।

प्रतिक्रिया दिनुहोस्