६ आश्विन २०८१, आईतवार
मुख्‍य समाचार

विद्युतीय सुरक्षा दिवसमा बैतडी प्राधिकरणका कर्मचारीले निकाले प्रभातफेरि

२६ चैत, बैतडी । बैतडीमा नेपाल विद्युत प्राधिकरणका कर्मचारीले विद्युतीय दुर्घटनाबाट बच्ने भन्दै प्रभातफेरि निकालेको छ ।

 

सोमबार विद्युतीय सुरक्षा दिवसको अवसरमा बैतडी प्राधिकरणका कर्मचारहरूले हातमा सचेतनाका ब्यानर, प्लेकार्ड बोकेर सडकमा निस्किएका हुन् । उनीहरूले विद्युतीय दुर्घटनाबाट बच्न सचेत रहौं, समृद्धिको लागि विद्युतको सदुपयोग गरौं’ भन्ने नाराका साथ नगर परिक्रा गरेका थिए । हरेक वर्ष २६ चैत्रमा विद्युतीय सुरक्षा दिवस मनाउन सुरु गरिएको हो ।

 

नेपाल विद्युत प्राधिकरण र सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्सको संयुक्त आयोजनामा विगत २ वर्ष यता विद्युतीय दुर्घटना न्यूनीकरणका लागी जनचेतना दिन सुरक्षीत विद्युत सेवाको सहज पहुँच, गुणस्तरिय सामानको प्रयोग र किफायती उपभोग एवं चुहावट नियन्त्रण कार्यको उपभोक्तामा वढी भन्दा वढी सचेतना र जागरुकता संचार गरी विद्युत दुर्घटनामा कमी ल्याउनु यो दिवसको मुख्य उद्देश्य रहेको प्राधिकरणले जनाएको छ ।

 

जोखिमपूर्ण अवस्थामा रहेका जीर्ण, पोल तार र लाईन सामाग्री फेर्ने, सुरक्षात्मक प्रणाली सुधारका लागी पुराना सवस्टेशनको स्तरोन्नति गर्ने, ट्रान्सफरमरको क्षमता वृद्धि गर्ने, कन्डक्टरको क्षमता वृद्धि गर्ने, इन्सुलेटेर कन्डक्टरको प्रयोग गर्ने लगायतका कामहरु निरन्तर रुपमा अगाडि बढाइएको हो ।

 

विद्युत वितरण प्रणालीमा कार्यरत जनशक्तिलाई विद्युतीय सुरक्षाको महत्व बुझाउने, सुरक्षात्मक उपकरणको प्रयोग गर्न लगाउने, विद्युत माग र आपूर्ति पक्षको व्यवस्थापन गर्ने र किफायती उपकरणको प्रयोगमा जानकारी गराई गुणस्तरीय उपकरण मात्र प्रयोग गर्न समग्र उपभोक्ता वर्गलाई जनचेतना जगाउने आदि कार्यहरु निरन्तर भइरहेको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्