४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

सशस्त्र प्रहरी बलको सतुंगलस्थित स्टोरमा आगलागी

२६ चैत, काठमाडौं । सशस्त्र प्रहरी बलको सतुंगलस्थित स्टोरमा आगलागी भएको छ ।

सामानहरु राखिएको स्टोरमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।

उक्त स्टोरमा लत्ताकपडाका सामानहरु राखिएको बताइएको छ । आगलागीको कारण बारे केही खुलेको छैन ।

अहिले सशस्त्र प्रहरी, नेपाल प्रहरीसहितको टोलीले आगो नियन्त्रणका लागि प्रयास गरिरहेका छन् । यसअघि सशस्त्र प्रहरी बलको मुख्यालयमा रहेको महत्वपूर्ण कागजात राखिएको स्टोरमा समेत आगलागी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्