एपीएफ स्टोरमा भएको आगलागीको अध्ययन गर्न छानबिन समिति गठन
२६ चैत, काठमाडौँ। सशस्त्र प्रहरी बलको सतुंगलस्थित स्टोरमा भएको आगलागीको विषयमा अध्ययन गर्न छानबिन समिति गठन गरिएको छ ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशिराज दाहालको अध्यक्षतामा ९ सदस्यिय छानबिन समिति गठन गरिएको सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाले बताए ।
उनका अुनसार आगलागी नियन्त्रणमा आउने क्रममै छ भने आगो निभाउन ७ वटा दमकल प्रयोग भइरहेको छ ।
यसका साथै स्काभेटर, दमकल, ट्याङ्करसहित १ हजार बढी सुरक्षाफौज परिचालन गरिएको उनले बताए ।
उक्त स्टोरमा लत्ताकपडाका सामानहरु राखिएको बताइएको छ । अहिले सशस्त्र प्रहरी, नेपाल प्रहरीसहितको टोलीले आगो नियन्त्रणका लागि प्रयास गरिरहेका छन् ।
यसअघि सशस्त्र प्रहरी बलको मुख्यालयमा रहेको महत्वपूर्ण कागजात राखिएको स्टोरमा समेत आगलागी भएको थियो ।
सशस्त्र प्रहरीको यो केन्द्रीय स्टोर हो । उक्त स्टोरमा जुत्ता, मण्डी, म्याट्रेस, चुस्तालगायतका सामानहरु राखिएको सशस्त्रका सहप्रवक्ता थापाको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्