३ आश्विन २०८१, बिहीबार
खेलकुद मुख्‍य समाचार

वेस्टइन्डिज पहिलो पटक नेपाल आउने

२६ चैत, काठमाडौं । टेस्ट टोली वेस्टइन्डिजको ए टोली नेपालसँग पाँच टी२० खेल खेल्न काठमाडौं आउने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले वेस्टइन्डिज पाँच टी-२० खेल खेल्न नेपाल आउने जानकारी दिएको छ । नेपाल र वेस्टइन्डिजबीचको खेल अप्रिल २५ देखि मे ५ सम्म हुनेछ ।

वेस्टइन्डिज पहिलो पटक नेपाल भ्रमणमा आउन लागेको हो । नेपालले टी२० विश्वकप जुनमा हुनुअघि अन्तिम तयारीको रुपमा वेस्टइन्डिजसँग सिरिज खेल्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्