२ कार्तिक २०८१, शुक्रबार
राजनीति

प्रतिनिधि सभाको बैठक आज पनि अवरुद्ध

२८ चैत, काठमाडौं । प्रतिपक्षी दलहरुले प्रतिनिधि सभाको बैठक आज पनि अवरुद्ध पारेका छन् ।

 

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, राप्रपा र लोसपाले बैठक अवरुद्ध गरेका हुन् । आकस्मिक समय सकिएलगत्तै प्रतिपक्षी दलहरु आ-आफ्नो स्थानमा उठेर बैठक अवरुद्ध गरेका थिए ।

 

त्यसपछि सभामुख देवराज घिमिरेले आगामी वैशाख २ गते ११ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरु