३ आश्विन २०८१, बिहीबार
खेलकुद मुख्‍य समाचार

सी डिभिजन लिगमा आरसी ३२ फुटबल एकेडेमीको लगातार दोस्रो जित

२८ चैत,काठमाडौ । आरी ३२ फुटबल एकेडेमी सहिद स्मारक सी डिभिजन लिगमा दोस्रो जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा सुर्खेतको आरसी ३२ ले सर्लाहीको बागमती युवा क्लबलाई ३-० ले पराजित गरेको हो ।

आरसी ३२ को जितमा विवेक सन्तोषीले दुई तथा बबिन बोहराले एक गोल गरे । बबिनले खेलको १०औं मिनेटमा गोल गर्दै आरसी ३२ लाई अग्रता दिलाएका थिए ।

विवेकले २८औं मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । ६८औं मिनेटमा विवेकले व्यक्तिगत दोस्रो गोल गर्दै आरसी ३२ लाई ३-० को सहज जित दिलाए ।

सुर्खेतको आरसी ३२ ले पहिलो खेलमा खालीबारी युवा क्लबलाई १-० ले हराएको थियो ।

लगातार दोस्रो जितपछि आरसी ३२ ले २ खेलबाट ६ अंक जोडेको छ । पराजित बागमतीको सामन खेलबाट ३ अंक छ ।

बागमतीले पहिलो सानेपा क्लबलाई ३-१ ले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्