४ आश्विन २०८१, शुक्रबार
अर्थ मुख्‍य समाचार

आ.व. २०८०÷०८१ मा नेपाली अर्थतन्त्र क्रमशः सुधार हुने एडिबीको प्रक्षेपण

२९ चैत , काठमाडाै‌‍ । आ.व. २०८०÷०८१ मा नेपाली अर्थतन्त्र क्रमशः सुधार हुने एडिबीको प्रक्षेपण नेपालको अर्थतन्त्र आर्थिक वर्ष २०८०÷०८१ मा क्रमशः सुधार हुँदै जाने अध्ययनले देखाएको छ ।

बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एशियाली विकास बैंक (एडिबी) को प्रकाशन एशियन डेभलपमेण्ट आउटलुक (एशियाली विकास परिदृश्य) २०८० ले आर्थिक वर्ष २०८०÷८१ मा नेपाली अर्थतन्त्र ३.६ प्रतिशत (बजार मूल्यमा) ले वृद्धि हुने प्रक्षेपण गरेको हो । जुन गत आर्थिक वर्ष २०७९÷८० को अनुमानित १.९ प्रतिशत वृद्धिको तुलनामा केही बढी हो ।

मौद्रिक नीतिमा क्रमिक लचकतासँगै उपभोक्ता र लगानीकर्ताको आत्मविश्वासमा सुधारसँगै आर्थिक गतिविधि प्रोत्साहीत हुने अपेक्षा गरिएको छ ।

सरकारले आर्थिक वर्षको पछिल्लो ६ महिनामा पुँजीगत खर्चमा दिएको तिब्रता र आर्थिक वर्ष २०८०÷८१ को अन्त्यसम्म थप जलविद्युत परियोजनाको उत्पादन शुरु भई आर्थिक औद्योगिक वृद्धि बढ्दै जाने प्रक्षेपण गरिएको छ ।

कर्जा नियन्त्रणमा सहजता, व्याजदरमा थप गिरावट र पर्यटन आयमा विस्तारले सेवा क्षेत्रको वृद्धिले गति लिने अध्ययनको निष्कर्ष रहेको छ । धान उत्पादनमा वृद्धि भएपनि हिउँदे वर्षामा कमीका कारण हिउँदे बाली र अन्य कृषि उत्पादनमा आएको कमीले कृषि क्षेत्रमा पनि आर्थिक वर्ष २०७९÷८० को २.७ प्रतिशतको तुलनामा २.८ प्रतिशतको सीमान्त वृद्धि हुनसक्ने अध्ययनले देखाएको छ ।

नेपालमा औसत मुद्रास्फिति आर्थिक वर्ष २०७९÷८० को ७.७ प्रतिशतको तुलनामा आर्थिक वर्ष २०८०÷०८१ मा ६.५ प्रतिशतमा झर्ने प्रक्षेपण रहेको छ । आर्थिक वर्ष २०८०÷८१ को पहिलो ६ महिनामा वचतमा रहेपनि चालु खाता पुनः घाटामा जानसक्ने अध्ययनले देखाएको छ ।

अघिल्लो आर्थिक वर्षको पहिलो ६ महिनासँग तुलना गर्दा वार्षिक व्यापार घाटा आर्थिक वर्ष २०८०÷८१ मा ४.७ प्रतिशतले घटेको छ भने सो अवधिमा विप्रेषण आप्रवाह २२.६ प्रतिशतले वृद्धि भएको छ भने चालु खाता वचत १.२ बिलियन अमेरिकी डलर पुगेको छ ।

यद्यपि यस आर्थिक वर्षको बाँकी अवधिमा उच्च आयात र स्थिर विप्रेषण आप्रवाहले आर्थिक वर्ष २०८०÷८१ मा चालु खाता घाटा कुल गार्हस्थ्य उत्पादनको ०.७ प्रतिशत प्रतिशत पुग्ने प्रक्षेपण छ । प्रतिवेदन सार्वजनिक गर्दै एडिबीका सिनियर इकोनोमिक अफिसर (वरिष्ठ आर्थिक अधिकारी) मानवर एस खड्काले यस आर्थिक वर्षमा कृषिको उत्पादन सन्तोषजनक रहने बताउनु भयो ।

उहाँले मलखादरको व्यवस्थापनमा विगतमा जस्तो समस्या नरहेकाले र विपद्बाट पनि धेरै क्षति नभएकाले कृषि उत्पादन सन्तोषजनक रहने बताउनु भयो । उहाँले उर्जा क्षेत्रमा सबस्टेशन, ट्रान्समिसन लाइन बनिरहनुले पनि अर्थतन्त्रमा सकारात्मक उर्जा प्रवाह गरेको बताउनु भयो ।

उहाँले कन्ट्रक्शन म्यानुफ्याक्चरिङमा स्लो डाउन रहेको बताउनु भयो । उहाँले पर्यटकको आवागमनबाट पनि अर्थतन्त्रमा उर्जा थपिएको बताउनु भयो । विदेशी पर्यटकको आगमनले स्थानीय अर्थतन्त्रलाई सबल बनाउनुका साथै रोजगारी वृद्धि भइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो प्रक्षेपण हो । विश्व बैंकले गरेको प्रक्षेपणमा पनि ३.३ भन्ने आएको छ । एडिबीको ३.६ हामीले भनेका छौँ । यो आर्थिक वर्षको राष्ट्रिय तथ्यांक कार्यालयले पनि जिडिपीको तथ्यांक निकालिसकेको छ ।

जस्तो की पहिलो त्रैमासमा ३.२ प्रतिशत वृद्धि भएको र दोस्रो त्रैमासिकमा ४ प्रतिशतको आर्थिक वृद्धि भनेको छ । यो अफिसियल तथ्यांकलाई हामीले मान्नु नै पर्छ । कृषिको उत्पादन सन्तोषजनक नै रहन्छ ।

त्यसमा कुने दुविधा छैन । किनभने मलको व्यवस्थापन, खादको व्यवस्थापन विगतमा देखिँदै आएको समस्या यस पटक देखिएन । बाढी लगायतका प्रकोपले पनि धान बाली नष्ट गर्ने पनि देखिएन । यो समग्र रुपमा सन्तोषप्रद छ ।

उर्जा क्षेत्रमा जुन किसिमले सबस्टेशन, ट्रान्समिसन लाइन बन्दैछन्, सकारात्मक उर्जा प्रवाह सिर्जित छ, नेपाली अर्थतन्त्रमा । कन्ट्रक्शन म्यानुफ्याक्चरिङमा स्लो डाउन छ । त्यसलाई सुधार गर्न औजारहरु मौद्रिक नीतिबाट, त्यस्तै गरी यो अर्धवार्षिक समीक्षाबाट पनि आएका छन् ।

पर्यटन क्षेत्र महत्वपूर्ण छ । कोभिडको भन्दा धेरै नै राम्रो भएको छ । होटलहरु बन्ने क्रम जारी छ, पर्यटकीय गन्तव्य बढिरहेका छन्, यसले सकारात्मक उर्जा पैदा भइरहेको छ । विदेशी पर्यटकको आगमनले स्थानीय अर्थतन्त्रमा पनि सहयोग भइरहेको छ ।’

बाइट…मानवर एस खड्का, सिनियर इकोनोमिक अफिसर, एडिबी, नेपाल एडिबीले गरिबी निवारणको आफ्नो पहललाई कायम राख्दै समृद्ध, समावेशी, उत्थानशील र दिगो एशिया प्रशान्त क्षेत्र हासिल गर्न प्रतिवद्ध रहेको बताएको छ ।

अहिलेसम्म एडिबीले नेपालका लागि ४९४ सरकारी ऋण, अनुदान तथा प्राविधिक सहायता गरी कुल ७.७ बिलियन डलरको प्रतिवद्धता जनाएको छ । सञ्चित ऋण र अनुदान गरी नेपाललाई कुल ४.९१ बिलियन डलर निकासा गरेको छ । —

न्युज एजेन्सी नेपाल

 

 

 

 

प्रतिक्रिया दिनुहोस्