३ आश्विन २०८१, बिहीबार
खेलकुद

केयुले खेलकुद शैक्षिक शाखा स्थापना गर्ने

२९ चैत, काठमाडौं । काठमाडौं विश्वविद्यालयसँग खेलकुदलाई शैक्षिक शाखा स्थापना गरी अघि बढाउन युवा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालयविबच सम्झौता भएको छ ।

युवा तथा खेलकुद मन्त्रालय र काठमाडौ विश्वविद्यालय बिच समग्र खेल क्षेत्रको रिसर्च तथा विकासका लागी खेलकुद शाखा स्थापना गर्न सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

यस सम्झौतामा युवालाई कसरी पलायनबाट रोक्न सकिन्छ भन्नेमा ध्यानाकर्षण गर्दै देशमा नै खेलकुद विकासलाई अगाडी लैजाने भन्ने मुख्य उद्धेश्य रहेको काठमाडौं विश्वविद्यालयका उपकुलपति भोला थापाले बताए ।

‘अहिले युवाहरु धेरै पलायन भइरहेका छन् । युवा पलायन हुनबाट रोक्न हामीले युवाले कस्ता विषय पढ्न इच्छा गर्छन् भन्ने अध्ययन गर्दा खेलकुद पनि एउटा इच्छाएको विषय हुन सक्छ भन्ने पायौं ।

केही समय अघिबाट नै राखेपसँग कुरा गरिरहेका थियौं । मन्त्रालयले नै हाम्रो साथ दिँदा हामी दरो भएर काम गर्ने वातावरण बनेको छ ।’ उनले अनलाईन खबरसँग भने ।

हाल यस विषय निमार्णका लागि केयूले आफूसँग समन्वय गरिरहेका विदेशी विश्वविद्यालयसँग छलफल गर्दै पाठ्यक्रम निमार्ण गर्ने थापाले बताए ।

उनका अनुसार खेलकुदलाई बहुआयामीक विषयका रुपमा यसको व्यवसायीक विकासका लागि काठमाडौं विश्वविद्यालयले यस विषयलाई प्राथमिकता साथ हेरेको बताए ।

‘खेलकुद व्यवसायीक बन्दै गर्दा यसका बहुआयामहरु छन् । यो मेडिकल र इन्जिनियरिङमा पनि रिलेट हुन थालेको छ । जसले गर्दा यसको लागि हामी कोर्स डिजाइन गरेर ६ महिना देखि १ वर्षको छोटो कोेर्स देखि अन्य कोर्सहरु बनाउने योजनामा छौं ।’

उनले भने । खेलकुदमा हाल नेपालमा बढेको चासो र युवालाई तान्ने र मन पर्ने विषय भएकाले यसको पढन पाठन नेपालमा नै हुने गरि मिलाउन काठमाडौं विश्वविद्यालय गरिरहेको उपकुलपति थापाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्