४ आश्विन २०८१, शुक्रबार
समाज

वैशाख १४ गतेदेखि महिला सशक्तिकरण महोत्सव हुने

२९ चैत, काठमाडौं । भूमि अधिकार तथा श्रमिक संगठन नेपालले वैशाख १४ गतेदेखि ‘महिला सशक्तिकरण महोत्सव– २०८१’को आयोजना गर्ने भएको छ ।

 

बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा गरेर आगामी वैशाख १४ गतेदेखि २९ गतेसम्म महिला सशक्तिकरण महोत्सव आयोजना गरिएको भूमिअधिकार तथा श्रमिक संगठन नेपालकी अध्यक्ष शान्ता चौधरीले जानकारी दिइन् ।

 

उनका अनुसार महोत्सवमा काठमाडौंको आलोकनगरमा आयोजना गरिनेछ जसमा महिला सशक्तिकरणको विविध आयामको सन्देशका साथै व्यवसायको आर्थिक सवलीकरण गर्न टेवा पुर्याउने अपेक्षा गरिएको छ ।

 

महोत्सवमा महिलाहरुबाट व्यापार व्यवसायका पसल स्टलहरु तथा चमेना गृहहरु सञ्चालन हुनेछ भने विभिन्न प्रकारका मनोरञ्जनात्मक खेल तथा विविध साँस्कृतिक कार्यक्रमहरु समेत सञ्चालन आयोजकले जनाएको छ ।

 

त्यसैगरी, महिला सशक्तिकरण विविध आयामका मुद्दामा वहस, छलफल तथा अन्तरक्रिया कार्यक्रम हुनेछ ।

प्रतिक्रिया दिनुहोस्