६ आश्विन २०८१, आईतवार
मुख्‍य समाचार समाचार समाज

काभ्रेमा बोधिचित्तको रूख काटेर घरको ढोकामा विस्फोटक पदार्थ राखियो,केही व्‍यक्ति नियन्त्रणमा

३० चैत, काठमाडौं । काभ्रेको रोशी गाउँपालिका–५ सिसाखानी भन्ने ठाउँमा अज्ञात समूहले एक व्यक्तिको बोधिचित्तको रूख काटिदिएर घरको मूल ढोकामा विस्फोटक पदार्थ राखिदिएको पाइएको छ ।

गएराति ठकुरानी तामाङको बोधिचित्तको रूख काटिदिएर घरको ढोकामा सकेट बम जस्तो देखिने विस्फोटक पदार्थ राखिदिएको पाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक (डीएसपी) राजकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार उक्त घटनामा शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।

‘सत्य लामा सहितका व्यक्तिहरुलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेका छौं, बोधिचित्तको रूख काट्ने र तर्साउनका लागि विस्फोटक पदार्थ राख्ने मान्छेको पनि पहिचान भइसकेको छ, पक्राउ गर्न भने बाँकी छ’, डीएसपी श्रेष्ठले भने ।

बुद्धचित्त पनि भनिने बोधिचित्तको फल बौद्ध धर्मावलम्बीहरुले जप्ने मालामा प्रयोग हुने गर्दछ । यो महँगो मूल्यमा बिक्री हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्