३ आश्विन २०८१, बिहीबार
खेलकुद मुख्‍य समाचार

नेपालले कतारलाई दियो २११ रनको लक्ष्य, दीपेन्द्रको विस्फोटक ब्याटिङ

१ वैशाख, काठमाडौं । एसीसी प्रिमियर कपको दोस्रो खेलमा नेपालले कतारलाई २११ रनको लक्ष्य दिएको छ ।

ओमानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २१० रन बनाएको हो ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले बिस्फोटक ब्याटिङ गर्दै ६४ रन जोडे । जम्मा २१ बल खेलेका उनले ७ छक्का र ३ चौकाको मद्दतमा ६४ रन बनाएका हुन् ।

त्यस्तै आसिफ शेखले ५२, कुशल मल्लले ३५, रोहित पौडेलले १८ र कुशल भुर्तेलले १२ रन जोडे ।

प्रतिक्रिया दिनुहोस्