५ आश्विन २०८१, शनिबार
मुख्‍य समाचार राजनीति

सुदूरपश्चिममा लक्ष्मणकिशोरलाई समर्थन नगर्न एकीकृत समाजवादीका नेतालाई दबाब

२ वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशमा कांग्रेससँग मिलेर सरकार नबनाउन सुदूरपश्चिममा एकीकृत समाजवादीका नेताहरुलाई दबाब परेको छ ।

 

नागरिक उन्मुक्ति पार्टीका नेतालाई मुख्यमन्त्रीमा समर्थन नगर्न एकीकृत समाजवादीभित्र दबाब परेको हो । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को रेशम चौधरी पक्षका नेता लक्ष्मणकिशोर चौधरी नेपाली कांग्रेस र एकीकृत समाजवादीका प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारीमा छन् ।

 

तर एकीकृत समाजवादीका नेताहरु अलमलमा परेका छन् । स्रोतका अनुसार पार्टीका शीर्ष नेताले टेलिफोन गरेर एमाले–माओवादीसहितको गठबन्धनमै रहन र कांग्रेस–नाउपालाई साथ नदिन दबाब दिएपछि सुदूरपश्चिमका एकीकृत समाजवादीका नेताहरुले चौधरीलाई समर्थन दिन सकेका छैनन् ।

 

कांग्रेस संसदीय दलका नेता तथा कामचलाउ मुख्यमन्त्री कमलबहादुर शाह र नाउपा रेशम पक्षका नेता लक्ष्मणकिशोर चौधरी मुख्यमन्त्री निवासमा एकीकृत समाजवादीका नेताहरुलाई पर्खिरहेका छन् ।

 

तर एकीकृत समाजवादीका नेताहरुले आनाकानी गरेका कारण प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गर्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्