६ आश्विन २०८१, आईतवार
मुख्‍य समाचार राजनीति

एकीकृत समाजवादीले अराजनीतिक र अवसरवादी चरित्र देखायो : केपी ओली

३ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेश सरकार गठनमा साथ दिएर एकीकृत समाजवादीले अराजनीतिक निर्णय लिएको बताएका छन् ।

एमाले संसदीय दलको सोमबार बसेको बैठकमा अध्यक्ष ओलीले भने, ‘विपक्षीहरुको आशा पलाउने गरी र जनतामा केही मात्रामा भएपनि निराशा पलाउने गरी त्यस पार्टीले कदम चाल्यो ।’

उनले कांग्रेस गठबन्धनलाई साथ दिएकोमा एकीकृत समाजवादीको चर्को आलोचना गरे । उनले भने, एकीकृत समाजवादीको यो अराजनीतिक र दक्षिणपन्थी अवसरवादी चरित्र भयो । ‘

आफूहरुसँग हुँदा मुख्यमन्त्री दिन नसक्ने बताएको एकीकृत समाजवादीले कांग्रेसलाई जिताउने र समीकरण कमजोर बनाउन भने नागरिक उन्मुक्तिलाई नै पहिलो कार्यकाल दिन तयार भएको बताए ।

आन्तरिक रुपमा एकीकृत समाजवादीको बोली र व्यवहार बार्गेनिङ गर्ने खालकै भएको र सुदूरपश्चिममा बाहिरै प्रकट भएको उनले बताए । ‘दक्षिणपन्थी अवसरवादी चरित्र धेरै नाङ्गो ढंगले प्रकट भयो’ कम्युनिस्ट साइनबोर्ड राखेर काम चाहिँ कांग्रेसको पक्षमा गरेको भन्दै उनले भने, ‘यसले फरक पार्नेवाला छैन ।’

प्रतिक्रिया दिनुहोस्