४ आश्विन २०८१, शुक्रबार
खेलकुद मुख्‍य समाचार

हङकङलाई ८ विकेटले हराउँदै नेपालको लगातार तेस्रो जित

३ वैशाख, काठमाडौं । नेपालले एसीसी प्रिमियर कप २०२४ मा हङकङलाई ८ विकेटले हराउँदै लगातार तेस्रो जित हात पारेको छ । समूह ए मा तेस्रो जितका साथ नेपालको सेमिफाइनल यात्रा अव औपचारिकता मात्रै बाँकी छ ।

११५ रनको लक्ष्य पछ्याएको नेपालले १२.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । ओपनर आसिफ शेखले १८ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ४० रन बनाए । अर्का ओपनर कुशल भुर्तेल १९ बलमा ३ चौका र २ छक्कासहित ३२ रन बनाए । नेपाललाई ओपनर कुशल भुर्तेल र आसिफ शेखले ५.३ ओभरमा ७० रन जोड्दै सानदार सुरुवात दिलाएका थिए ।

रोहित पौडेल २० बलमा ३ चौकासहित २५ रनमा नट आउट रहे । सन्दीप जोरा १७ बलमा १ चौका र १ छक्कासहित १९ रन बनाए । एहसान खान र यासिम मुर्तजाले १(१ विकेट लिए ।

त्यसअघि अल अमरेत क्रिकेट ग्राउण्ड(१ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङ १७.५ ओभरमा ११४ रनमा अल आउट भएको थियो । कप्तान निजाकत खानले २६ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३४ रन बनाए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

ओपनर मार्टिन कोट्जी ८, निजाकत खान १२, बाबर हायत ६, अजिज खान ७, यासिम मुर्तजा २ नसरुल्ला राणाले ६, जिशान अली १४ र एहसान खान ११ रनमा आउट भए ।

नेपालका तीव्र गतिका बलर अभिनाश बोहराले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । ललित राजवंशीले ४ ओभरमा १ मेडनसहित १४ रन खर्चेर २ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले २ र करण केसीले १ विकेट लिए ।

नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो ।

नेपालले समूह चरणको अन्तिम खेल बुधबार साउदी अरेवियासँग खेल्नेछ । समूह ए मा अव मलेसिया र साउदी अरेविया मात्रै ६ अंकका पुग्न सक्छन् ।

मलेसियाले अर्को खेलमा कतारसँग खेली राखेको छ । उक्त खेलमा मलेसिया पराजित भएमा नेपाल आज नै सेमिफाइनलमा पुग्नेछ ।

हरेक समूहबाट दुई टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको विजेताले टी२० विश्वकपपछि हुने एसिया कप टी२० प्रतियोगिता खेल्न पाउनेछ ।

 

प्रतिक्रिया दिनुहोस्