४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

४ वैशाख, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । भारतबाट मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाउने निर्णय गरेको हो ।

निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँको दरले मूल्य बढाउने निर्णय गरेको हो ।

 

बढेको मूल्य आजै राति १२ बजेदेखि लागू हुने छ ।

प्रतिक्रिया दिनुहोस्