३१ भाद्र २०८१, सोमबार
मुख्‍य समाचार समाज

एन्फाका उपाध्यक्ष दावा लामा पक्राउ

५ वैशाख, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् ।

लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी दिनेशराज मैनालीले जानकारी दिए ।

उनका अनुसार दावा लागुऔषध खैरो हिरोइन कारोबार मुद्दामा फरार थिए । उनलाई जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्