४ आश्विन २०८१, शुक्रबार
खेलकुद मुख्‍य समाचार

नेपालको जितले हङकङ सेमिफाइनलमा

५ वैशाख, काठमाडौं – एसीसी प्रिमियर कप २०२४ मा नेपालले साउदी अरेवियालाई ६ विकेटले हराएसँगै हङकङ पनि सेमिफाइनलमा पुगेको छ ।

 

नेपाल ४ खेलमा अपराजित रहँदै ८ अंकका साथ समूह ए बाट शीर्षस्थानमा रहेर सेमिफाइनलमा पुगेको छ । हङकङ ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा रहेर सेमिफाइनल खेल्यो ।

 

यदि साउदी विजयी हुँदा नेटरनरेटमा माथि रहँदै सेमिफाइनल खेल्ने समिकरण थियो । तर नेपालको जितले हङकङ सेमिफाइनलमा पुगेको हो । नेपाल पराजित हुँदा हङकङ बाहिरिने निश्चित थियो ।

 

कतारको पनि ४ अंक भएपनि नेटरनरेटमा हङकङमाथि रहँदै दोस्रो स्थानमा रहेर सेमिफाइनलमा पुगेको हो । हङकङको नेटरनरेट माइनस ०.१२८ र कतारको माइनस ०.४५३ रह्यो ।

 

नेपालले शुक्रबार समूह बी को उपविजेता र हङकङले समूह बी को विजेतासँग खेल्नेछन् । समूह बी मा ओमान ३ खेलमा ६ अंकका साथ शीर्षस्थानमा छ । ओमानले अन्तिम खेल आज कुवेतसँग खेल्दैछ ।

 

कुवेत ३ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा छ । युएई ३ खेलमा ४ अंकका साथ तेस्रो स्थानमा छ । युएईले आज अन्तिम खेल कम्बोडियासँग खेल्दैछ ।

 

नेपालले सेमिफाइनलमा युएईसँग खेल्ने सम्भावना उच्च छ । प्रतियोगिताको विजेताले टी२० एसिया कप र शीर्ष तीन टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्