४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाज

२३२ ग्राम खैरो हेरोइन र नाइट्राभेटसहित दुईजना पक्राउ

६ वैशाख, काठमाडौं । प्रहरीले २३२ ग्राम खैरो हेरोइन र ७४९ ट्याबलेट नाइट्राभेटसहित दुई जनालाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा पाँचथरको फालेलुङ गाउँपालिका-५ बस्ने ३५ वर्षीय राजु थाम्सुहाङ र काठमाडौंको गोकर्णेश्वर-५ जोरपाटी बस्ने २१ वर्षीय दिने सुनुवार रहेका छन् ।

 

गाम्सुहाङलाई ललितपुरको विशाल चोकबाट र सुनुवारलाई जोरपाटीबाट लागु औषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

 

प्रहरीले थाम्सुङको साथबाट लागु औषध २३२ ग्राम खैरो हेरोईन र नाइट्राइट ७४९ ट्याबलेट बरामद गरेको गरेको छ । पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धा भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्