५ आश्विन २०८१, शनिबार
मुख्‍य समाचार राजनीति समाचार समाज

राष्ट्रिय सभा सदस्यमा अन्जान शाक्य मनोनीत

६ वैशाख, काठमाडौं । राष्ट्रिय सभा सदस्यमा डा. अन्जान शाक्य मनोनीत भएकी छन् ।

मन्त्रिपरिषद्को सिफारिसका आधारमा बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले शाक्यलाई मनोनीत गरेका हुन् ।

३० चैतमा बसेको मन्त्रिपरिषद्को बैठकले शाक्यलाई मनोनीतका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

५९ सदस्यीय राष्ट्रिय सभामा ३ जना मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपतिले मनोनीत गर्ने व्यवस्था छ ।

एमाले विदेश विभाग सदस्य शाक्य इजरायलका लागि पूर्वनेपाली राजदूतसमेत हुन् ।

प्रतिक्रिया दिनुहोस्