४ आश्विन २०८१, शुक्रबार
खेलकुद मुख्‍य समाचार

नेपालको पावर प्लेमा कमजोर ब्याटिङ

७ वैशाख, काठमाडौं । नेपालले एसीसी प्रिमियर कप टी२० प्रतियोगिता २०२४ को पहिलो सेमिफाइनल खेलमा युएईविरुद्ध पावर प्लेमा कमजोर सुरूवात गरेको छ ।

 

ओमानको मस्कटमा रहेको अल अमरेत क्रिकेट मैदान १ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ६ ओभरमा २ विकेट गुमाउँदै ३० रन बनाएको छ ।

 

नेपालका कप्तान रोहित पौडेल सन्दीप जोरा ९ बलमा १ चौकासहित १४ र रोहित पौडेल १४ बलमा ४ रनमा क्रिजमा छन् । नेपालको सुरुवात नै सम्झन लायक रहेन ।

 

तीव्र गतिका बलर जुनैद सिद्दिकको पहिलो ओभरको पहिलो बलमै कुशल भुर्तेल एज लागेर विकेटकिपर हैदरबाट समातिन पुगे ।

 

कुशललाई पहिलो बलमै गुमाएपछि नेपाली ब्याटर खुलेर खेल्न सकेका छैनन् । पावर प्लेमा १ चौका र १ छक्का मात्रै प्रहार गरेको छ । अर्का ओपनर आसिफ शेख पनि धेरै समय टिक्न सकेनन् ।

 

तीव्र गतिका बलर ओमैद रहमानको चौथो ओभरको तेस्रो बलमा आसिफ शेख ११ बलमा १ छक्कासहित ८ रनमा एलबीडब्लू आउट हुन पुगे ।

प्रतिक्रिया दिनुहोस्