४ आश्विन २०८१, शुक्रबार
खेलकुद

नेपालले युएईलाई दियो १२० रनको सामान्य लक्ष्य

७ वैशाख, काठमाडौं – नेपालले खराब ब्याटिङ गर्दै एसीसी प्रिमियर कप टी२० प्रतियोगिता २०२४ को पहिलो सेमिफाइनल खेलमा युएईलाई १२० रनको सामान्य लक्ष्य दिएकोछ ।

 

ओमानको मस्कटमा रहेको अल अमरेत क्रिकेट मैदान १ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै ११९ रन बनायो ।सन्दीप जोराले ४० बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ५० रन बनाए ।

 

अन्य कुनैपनि नेपाली ब्याटरले सम्झन लायक प्रदर्शन गरेनन् । ओपनर कुशल भुर्तेल शून्य, आसिफ शेख ८, कप्तान रोहित पौडेल ५, कुशल मल्ल ३, दीपेन्द्रसिंह ऐरी ५ र सोमपाल कामी २ रनमा आउट भए ।

 

नेपालको सुरुवात नै सम्झन लायक थिएन । तीव्र गतिका बलर जुनैद सिद्दिकको पहिलो ओभरको पहिलो बलमै कुशल भुर्तेल एज लागेर विकेटकिपर हैदरबाट समातिन पुगे । कुशललाई पहिलो बलमै गुमाएपछि अन्य नेपाली ब्याटर खुलेर खेल्न सकेनन् ।

 

तीव्र गतिका बलर ओमैद रहमानको चौथो ओभरको तेस्रो बलमा आसिफ शेख एलबीडब्लू आउट हुन पुगे । आसिफ आउट हुँदा नेपाल ३.३ ओभरमा ११(२ को अवस्थामा पुगेको थियो । कप्तान रोहित पौडेल १८ बलमा ५ रनमा क्याच आउट भए ।

 

अली नासिरको बाउन्सर बलमा विकेटकिपरबाट क्याच आउट भएका थिए । कुशल मल्ललाई बासिल हामिदले बोल्ड गरेपछि नेपाल ९.१ ओभरमा ५०(४ को अवस्थामा पुगेको थियो । त्यसपछि सन्दीप जोरा र दीपेन्द्रले छैटौं विकेटका लागि २५ रनको साझेदारी गरेका थिए ।

 

दीपेन्द्र आयन खानको १४ औं ओभरको दोस्रो बलमा एलबीडब्लू आउट भएपछि नेपालको ठूलो योगफलको आशा पनि सकिएको थियो । तल्लोक्रममा करण केसीले १२ बलमा २ छक्कासहित १७ रन बनाए ।

 

गुलशन झा १५ बलमा १ चौका र १ छक्कासहित २० रनमा आउट भए । युएईका जुनैद सिद्दिक, बासिल हामिद र अली नासिरले २(२ विकेट लिए । ओमैद शफी रहमान,आयन खान र मोहम्मद फारुकले १(१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्