५ आश्विन २०८१, शनिबार
मुख्‍य समाचार समाचार समाज

नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल दोषी ठहर

७ वैशाख, काठमाडौं । नेशनल पेमेन्ट गेटवे प्रकरणमा विशेष अदालतले सुनिल पौडेललाई दोषी ठहर गर्दै बाँकी आठजनालाई सफाइ दिएको छ । शुक्रबार विशेष अदालतले यस मुद्दामा फैसला गरेको हो । यस्तै अन्‍य आठ जनाले सफाइ पाएका छन् ।

विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो फैसला गरेको हो । विशेषका अधिकृत यज्ञराज रेग्मीका अनुसार सुनिल पौडेललाई विशेषले दोषी ठहर गर्दैउ २५ वैशाखमा सजाय निर्धारणको पेसी तोकेको छ ।

पौडेल तत्कालीन राष्ट्रिय सूचना प्रविधि केन्द्रका उपनिर्देशक हुन् । साथै उनी पछिल्लो पटक नेपाल टेलिकमको प्रबन्ध निर्देशकका रुपमा कार्यरत थिए ।

१९ वर्षअघि काठमाडौं इन्जिनियरिङ कलेजबाट कम्प्युटर इन्जिनियरिङ पूरा गरेका पौडेलले सन् २००८ मा दक्षिण कोरियाबाट ग्लोबल आईटी टेक्नोलोजी प्रोग्राममा एमएससी पास गरेका थिए । त्यस अघि नै सन् २००४ मा उनले राष्ट्रिय सूचना प्रविधि केन्द्रमा कम्प्युटर इन्जिनियरको रुपमा प्रवेश गरेका थिए ।

त्यसपछि सन् २०१२ मा केन्द्रको सहायक निर्देशक बनेका उनी २०१७ मा उप निर्देशक हुँदै अगस्ट २०१८ देखि त्यहाँको कार्यकारी निर्देशकको रुपमा कार्यरत छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत रहेको केन्द्रको प्रमुख कार्यकारीको रुपमा ३ महिना बाँकी छँदै उनी मन्त्रालय अन्तर्गतकै सरकारी कम्पनीको प्रमुखमा नियुक्त भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्