५ आश्विन २०८१, शनिबार
मुख्‍य समाचार राजनीति

अर्थ सचिवको जिम्मेवारी मधु मरासिनीलाई

१० वैशाख, काठमाडौं । सरकारले अर्थ मन्त्रालयको सचिवमा मधु कुमार मरासिनीलाई सरुवा गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले अर्थ मन्त्रालयको सचिवमा मरासिनीलाई ल्याउने निर्णय गरेको थियो ।

पेमेन्ट गेटवे अनियमितता प्रकरणमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा परेपछि उनी निलम्बनमा परेका थिए ।

तर अदालतले उनलाई सफाइ दिएपछि उनको निलम्बन फुकुवा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्