५ आश्विन २०८१, शनिबार
मुख्‍य समाचार समाचार समाज

थारू विद्यार्थीहरूको हकहितमा काम गर्न सरोकारवालाको जोड

नयाँ वर्ष २०८१को क्यालेन्डर सार्वजनिक

१० वैशाख, काठमाडौं । थारू विद्यार्थी समाजले नयाँ वर्ष २०८१को क्यालेन्डर सार्वजनिक गरेको छ । सोमबार समाजले थारू आयोगमा एक कार्यक्रमको आयोजना गरी नयाँ वर्ष २०८१ को नयाँ क्यालेन्डर सार्वजनकि गरेको हो ।

कार्यक्रममा सरोकारवालाहरूले थारू विद्यार्थीहरूको हकहितमा काम थप गर्नु पर्ने र उनीहरूलाई राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा पहुचको लागि वातावरण बनाइदिनु पर्ने सुझाव दिएका छन् ।

कार्यक्रममा थारू आयोगकी सदस्‍य शान्ति मोदीले थारू विद्यार्थी समाजले देशभरका थारू विद्यार्थीहरुको पक्षमा काम गर्नु पर्ने बताइन् । उनले भनिन्, ‘ थारू विद्यार्थी समाज थारू समाजका विद्याहरूहरूको अगुवा संस्था हो। यसले सबै क्षेत्रमा अगाडि बढ्‍न सक्नुपर्छ। समाजले अबका दिनमा थप प्रभावकारिता कामहरू गरिरहून । शुभकामना छ मेरो।’

यस्तै स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक कानुनलाल चौधरीले थारू विद्यार्थीहरूलाई अब प्रशासनिक कामको बारेमा जानकारी दिनु पर्नेमा जोड दिए ।

उनले भने, ‘अब थारू विद्यार्थीहरूलाई राजनीतिक, प्रशासनिक क्षेत्रमा कसरी प्रभावकारी ढंगले काम गर्न सकिन्छ भनेर सिकाउनु पर्ने बेला भएको छ। थारू विद्यार्थी समाज यसबारेमा थप वातावरण बनाओस्। साथै प्रशासनिक कार्यमा सबल बनाउन थारू विद्यार्थीहरूको सीप विकासमा विविध कार्यक्रमहरू ल्याउनु जरूरी छ।यस बारेमा सोच्नु पर्ने बेला हो।’

यस्तै थारू सेवा समाजका अध्यक्ष ई.विद्यानन्द चौधरीले थारू विद्यार्थीहरूले पाउँदै आएको छात्रवृति अहिले हराएर गउको भन्‍दै त्यसलाई फेरि कार्यान्वयनमा ल्याउनु पर्नेमा जोड दिए । उनले भने, ‘ पहिला पहिला थारू विद्यार्थीहरूले छात्रवृति पाउथेँ, तर अहिले त्यो हराएर गयो। अब आउने दिनमा पनि यसबारेमा सोच्नु पर्‍यो थारू विद्यार्थी समाजले। थारू छात्रावासको बारेमा पनि कुनै काम भएको छैन।’

यस्तै थारू राष्ट्रिय कलाकार मञ्‍चका अध्यक्ष विनय वैद्य, चम्पन सांस्कृतिक मञ्चका अध्यक्ष नन्दुराजज चौधरी, अग्रासन महिला समूहकी अध्यक्ष चम्पा चौधरी, थारू महिला समाज उपत्यका समितिकी अध्यक्ष सुशीला चौधरी, थारू पत्रकार संघका केन्द्रीय उपाध्यक्ष सहदेव चौधरी, बर्दियाली विकास मञ्‍चका अध्यक्ष सिताराम चौधरी लगायतले शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्