२ कार्तिक २०८१, शुक्रबार
मुख्‍य समाचार राजनीति

कतारी राजाको सवारीले काठमाडौंको यातायात सेवा प्रभावित

(तस्वीरहरू)

१२ वैशाख, काठमाडौं । नेपाल भ्रमणमा रहेका कतारका राजा शेख तमिम बिन हमाद अल थानीको सवारीले गर्दा काठमाडौं उपत्यकाको यातायात सेवा प्रभावित बनेको छ ।

 

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा दुई दिने नेपाल भ्रमणमा रहेका कतारी राजाको कारगेड हिंड्ने रुटमा अन्य सवारी साधनलाई प्रवेश दिइएको छैन । यसले गर्दा काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।

 

उनको सम्मान र स्वागतका लागि मंगलबार सार्वजनिक बिदा नै दिइएको थियो । थानीले मंगलबार राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका थिए । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट भएको छ । कतारी राजा आज अपराह्न स्वदेश फर्किने कार्यक्रम छ ।

 

 

प्रतिक्रिया दिनुहोस्