Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य

रातो कागज
11 महिना अघि

१२ वैशाख, हेटौंडा । बागमती प्रदेश प्रमुखले बागमती प्रदेश सभाको तह्रौं हिउँदे अधिवेशन अन्त्य भएको घोषणा गरेका छन् ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेश सभाको चालू हिउँदे अधिवेशन बुधबार (आज) राति १२ बजेबाट लागू हुने गरी अन्त्य भएको घोषणा गरेका हुन्।

बुधवार बसेको मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट निर्माणको तयारीमा छ ।

प्रदेश सभाको हिउँदे अधिवेशन १५ फागुन २०८० बाट सुरु भएको थियो ।

हेर्नुहोस् प्रदेश प्रमुखले जारी गरेको सूचना :

फेसबुकबाट तपाईको प्रतिक्रिया