Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

वेस्टइन्डिज ए सँग खेल्ने नेपालको टोली घोषणा

रातो कागज
12 महिना अघि

१३ चैत, काठमाडौं । घरेलु टोली नेपालले वेस्टइन्डिज ए सँग खेल्ने पाँच टी२० खेलको सिरिजको लागि १६ सदस्य टोली घोषणा गरेको छ ।

एसीसी प्रिमियर कपमा नभएका आरिफ शेख र तीव्र गतिका बलर आकाश चन्द टोलीमा छन् । आरिफ मध्यक्रमका ब्याटर र आकाश तीव्र गतिका बलर हुन् । युवा तीव्र गतिका बलर कमलसिंह ऐरी भने टोलीमा पर्न सकेनन् ।

नेपालले अन्य टोलीमा भने कुनै परिवर्तन गरेको छैन । नेपाल र वेस्टइन्डिज ए बीचको पहिलो खेल शनिबार हुनेछ । नेपालले जेठमा हुने आईसीसी टी२० विश्वकपअघि यस सिरिजलाई तयारीको रुपमा समेत लिएको छ ।

नेपालको टोली : रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि.सी., अभिनाश बोहरा, विवेक यादव र आकाश चन्द ।

फेसबुकबाट तपाईको प्रतिक्रिया