मतदानपछि सुहाङले भने : जित्नेमा विश्वस्त छु
१५ वैशाख, काठमाडौं । इलाम क्षेत्र नम्बर २ को प्रतिनिधि सभाको उपनिर्वाचनमा मतदान सुरु भएको छ ।
एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेपछि मतदाताहरुले देखाएको मायाले आफू जित्नेमा विश्वस्त रहेको बताएका छन् ।
उनले प्रतिक्रिया दिँदै भनेका छन्, ‘मतदाताको माया घरदैलोमा जाँदा देखेको थिएँ। यहाँ मतदानस्थलमा पनि उस्तै देखेको छु। त्यसकारण जित्नेमा म विश्वस्त छु।’
निर्वाचनको परिस्थितिले भावुक बनाएको बताउँदै उनले निर्वाचनकै लागि आफू डेढ वर्ष पहिला पितासँग आएको स्मरण गरे ।
इलाम-२ मा प्रतिनिधि सभा सदस्यका लागि १९ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
७९ मतदानस्थलका १४९ मतदान केन्द्रमा मतदान जारी रहेछ ।
४२ वडा रहेको इलाम-२ मा एक लाख १६ हजार ८८९ मतदाता रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्