४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार राजनीति

मतदाताको एक-एक मतको मूल्यांकन हुनेगरी काम गर्छु : सुहाङ नेम्वाङ

१८ वैशाख, इलाम । इलाम क्षेत्र नम्बर २ का नवनिर्वाचित प्रतिनिधि सभाका सांसद सुहाङ नेम्वाङले आफूले इमान्दार र निष्ठापूर्वक काम गर्ने प्रतिवद्धता व्यक्त बताएका छन् ।

मंगलवार इलाममा आफू निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्दै उहाँले इलामेली जनताको शीर झुक्न नदिने गरी इमान्दार र निष्ठापूर्वक जनताको सेवा गर्ने बताएको हो । नवनिर्वाचित सांसद नेम्वाङले आफ्नो बुबाले देखाएको बाटो र उज्यालोलाई समाएर आम मतदाताको एक एक मतको मूल्यांकन हुनेगरी काम गर्ने बताए। त्यस अवसरमा उहाँले आफूलाई विश्वास गरेर मत दिएको भन्दै आम मतदाताप्रति आभार पनि व्यक्त गरेका थियो ।

नवनिर्वाचित सांसद नेम्वाङले भन्नुभयो, ‘म एकदमै हर्षित पनि छु । अलिअलि भावुक पनि भएको छ । यो हर्ष र भावुकको एउटा जुन अहिलेको समय छ । यसमा म तपाईहरु समक्ष उभिदाखेरी म के बाँचा गर्न चाहन्छु । धेरै बोल्न चाहन्न । म के बाचा गर्न चाहन्छु भने तीमीहरुले संघर्ष गरेर सुरक्षित राखेर ल्याएका एकएक मत, सुरक्षित राखेका एक एक मतको मूल्यांकन हुने गरेर, तिमिहरुलाई कुनै पनि संकोच हुन नदिने गरेर म काम गर्नेछु । मैले बुबाले देखाउनु भएको त्यही बाटो र उज्यालोलाई समाएर प्रतिवद्ध हिसावले इमान्दार र निष्ठापूर्वक काम गर्नेछु । तिमिहरुलाई कहिल्यै पनि संकोच हुन नदिने छैन । तिमिहरुको शीर कहिल्यै पनि झुक्न दिने छैन ।’

बाइ सुहाङ नेम्वाङ, नवनिर्वाचित सांसद, इलाम क्षेत्र नम्बर २

नेम्वाङले नेपाली काँग्रेसका उम्मेदवार डम्बरबहादुर खडकालाई ५ हजार ८३० मतको फराकिलो अन्तरले पराजित गरेका थियो । संविधान सभाका अध्यक्ष सुवाषचन्द्र नेम्वाङको निधनपछि रिक्त रहेको सो क्षेत्रमा एमालेले उहाँका कनिष्ठ सुपुत्र सुहाङलाई उम्मदवार बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्