४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाज

एमालेको विजय सभाबाट फर्केको जीप दुर्घटना, १९ जना घाइते

१८ वैशाख, इलाम । इलाम बजारमा नेकपा एमालेको विजय सभामा सहभागी भएर फर्किंदै गरेको पिकअप गाडी दुर्घटनामा परेको छ ।

को २ च ४४७ नम्बरको पिकअप गाडी इलाम नगरपालिका ५, बिब्ल्याँँटे बजार नजिक दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी १९ जना घाइते भएका छन् । गम्भीर घाइते तीन जनालाई उपचारको लागि झापा अस्पताल रेफर गरिएको छ ।

सामान्य घाइतेको इलाम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गाडी चालक इलाम नगरपालिका ५ का ३१ वर्षे राजन खत्रीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको डीएसपी प्रकाश जबेगूले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्