४ आश्विन २०८१, शुक्रबार
खेलकुद मुख्‍य समाचार

विश्वकप खेल्ने अष्ट्रेलियाको टोली घोषणा, फ्रेजर र स्मिथ परेनन्

१९ वैशाख, काठमाडौं – उपाधि दाबेदार अष्ट्रेलियाले अर्को महिना हुने आईसीसी टी–२० विश्वकप खेल्ने टोली घोषणा गरेको छ । घोषणा टोलीमा अनुभवी ब्याटर स्टिभ स्मिथ र युवा ब्याटर जेक म्याकगुर्क फ्रेजर भने छैनन् ।

इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सबाट आक्रामक क्रिकेट खेल्दै आएका फ्रेजर पर्न सक्ने अनुमान गरिएको थियो । तर अनुभवी ब्याटर डेविड वार्नरलाई निरन्तरता दिएपछि फ्रेजर अट्न सकेनन् ।

टी२० क्रिकेटमा ध्यान दिँदा स्मिथ बाहिर भएका छन् । मिचेल मार्शको कप्तानीमा ग्लेन म्याक्सवेलसँगै मिचेल स्टार्क, प्याट कमिन्स र जोश हेडजलवुड छन् । म्याक्सवेल, टिम डेविड र ट्रविस हेड जस्ता आक्रामक ब्याटर टोलीमा छन् । २ जुनदेखि सुरु हुने विश्वकपमा समूह बी मा अष्ट्रेलिया, इंग्ल्यान्ड, नामिविया, ओमान र स्कटल्यान्ड छन् । सन् २०२१ को टी२० विश्वकप विजेता टोली अष्ट्रेलिया यस संस्करणको पनि उपाधि दाबेदार टोली हो ।

अष्ट्रेलिया क्रिकेट टोली : मिचेल मार्श (कप्तान), एश्टन अगर, प्याट कमिन्स, टिम डेविड, नाथन एलिस, क्यामरन ग्रीन, जोश हेजलवुड, ट्रविस हेड, जोश इंग्लिस, ग्लेन म्याक्सवेल, मिचेल स्टार्क, मार्कस स्टोइनिस, म्याथ्यु वेड, डेविड वार्नर र एडम जाम्पा ।

प्रतिक्रिया दिनुहोस्