४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार

डढेलो निभाउँदा मृत्यु भएकाको परिवारलाई गोदावरी नगरले ५/५ लाख दिने

१९ वैशाख, काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकाले डढेलो निभाउने क्रममा मृत्यु भएका दुई जनाको परिवारलाई जनही ५ लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ ।

गोदावरी वनमा सल्केको डढेलो नियन्त्रण गर्ने क्रममा गोदावरी नगरपालिका-४ बडिखेलका शंकर पहरी र रमेश पहरी घाइते भएका थिए । उपचारको क्रममा दुवै जनाको मृत्यु भएपछि नगरपालिकाले राहतस्वरूप जनही ५ लाख रुपैयाँ दिने निर्णय गरेको जनाएको छ ।

नगरपालिकाले बुधबार शोक व्यक्त जारी गर्दै कार्यपालिकाको आकस्मिक बैठकबाट मृतकको परिवारलाई ५/५ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको उल्लेख छ । नगरपालिकाका अनुसार अहिले सबै वडाहरूमा भीषण डढेलो लागेको र डढेलो नियन्त्रणका सबै उपाय अपनाउदा पनि पूर्ण नियन्त्रणमा आउन सकेको छैन ।

डढेलो नियन्त्रणका लागि नगर प्रहरी, नेपाली सेना, नेपाल प्रहरी,सशस्त्र प्रहरी, अग्नि नियन्त्रक र ललितपुर महानगरपालिकाको दमकल प्रयोग भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्