Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

गायक विजय लामाले खोले फाउण्डेसन, २० प्रतिशत आम्दानी दिने

रातो कागज
12 महिना अघि

१९ वैशाख, काठमाडौँ। गायक विजय लामाले याङ्गजीन साङ्गगे नामक फाउण्डेसन सञ्चालनमा ल्याएका छन् । फाउण्डेसन सञ्चालनमा ल्याएर समाजसेवामा लागेका गायक लामाले आफुले देश विदेशमा हुने सांगीतिक कार्यक्रमबाट आर्जन गरेको पारिश्रमिकबाट २० प्रतिशत फाउण्डेसनका लागि छुट्याएका छन् ।

नखानु पानी तोङबाको, उँभो उँभो लेकमा म जाँदा, रोसी खोला पारी मेरो मामा, माया है बस्ला रसैले लगायतका कैयौँ हिट गीतका गायक लामाले स्वर्गिय दिदी र भान्जाको नाममा फाउण्डेसन सञ्चालनमा ल्याएको फपाउण्डेसनले विशेषगरी दुर्गम क्षेत्रमा रहेका पाठेघरको क्यान्सर भएका दिदीबहिनीहरुका लागि उपचारमा सहयोग गर्नेछ । त्यस्तै देशभरका गरिब दुखी र बाबु आमा नभएका असहायहरुका लागि पनि काम गर्नेछ ।

त्यस्तै बृद्धा आश्रम र बाल आश्रममा पनि सहयोग गर्नेछ भने फाउण्डेसनले लागू औषध तथा दुव्र्यसनीमा फसेका युवायुवतीहरुको क्षेत्रमा उनीहरुलाई सामान्य जीवनमा फर्काउनका लागि भूमिका खेल्नेछ । फाउण्डेसनले मन्दिर र भगवानका मूर्तिहरु , गुम्बा, स्तुपाहरू बनाउने तथा आर्थिक सहयोग गर्नेछ । त्यस्तै फाउण्डेसनले याङ्गजीन साङ्गगे मेमोरेवल पार्क गायक लामाकै गृह जिल्ला काभ्रेमा निर्माणको तयारी गरेको छ ।

फाउण्डेसन गायक लामाको परिवार भित्रका व्यक्तिहरुले सञ्चालन गर्ने र लाग्ने खर्च सबै आँफैले बेहोर्ने छन । संसाभर रहेका गायक लामाका शुभचिन्तक र साथीभाई आफन्तबाट पनि सहयोग लिएर अघि बढ्ने उनको योजना छ ।

अहिले संसारभर रहेका उनका साथीभाइ र इष्टमित्रहरु फाउण्डेसनको सदस्य बन्ने क्रम जारी रहेको गायक लामा बताउँछन् । गायक लामा भन्छन् भान्जा र दिदीको नाममा याङ्गजीन साङ्गगे फाउण्डेशन खोलेर म सामाजिक काममा जोडीएको हुँ ।

उनीहरुको आत्माको शान्तिको कामनाका लागि मैले अबका लागि समाजसेवामा धेरै काम गर्नेछु । गायक लामाकी माईली दिदी याङ्गजीन लामाको क्यान्सरले निधन भएको केही समयमा उनले भान्जा साङ्गगे रिन्जिन लामालाई पनि हृदयघातबाट गुमाएसँगै दिदी र भान्जाको सपनासँग भावनात्मक हिसाबले जोडीन पुगेपछि फाउण्डेसन सञ्चालनमा ल्याएका हुन् । गायक लामाका दिदी र भान्जाको अमेरिकामा निधन भएको हो ।

गायक लामा पछिल्ला दिनमा देश विदेशमा हुने सांगीतिक कार्यक्रमका अलावा आफ्नो नियमित व्यबसायमा पनि व्यस्त छन् । हालसम्म ४ सय बढी गीतमा स्वर भरिसकेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया