बोरुसिया डर्टमुन्डले पीएसजीलाई हरायो
२० बैशाख, काठमाडौं । युइएफए च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा जर्मन क्लब बोरुसिया डर्टमुन्डले अग्रता लिएको छ । बुधबार राति भएको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेइनलाई १–० ले पराजित गरेको हो । डर्टमुन्डले पीएसजीमाथि जित निकाल्दा ३६ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुग्यो ।
जसका लागि निकलास फुलक्रुगले एकमात्र गोल गरेका थिए । निको श्लोटरबेकको पासमा गरेको गोलले अग्रता लिएको डर्टमुन्डले सोही अग्रता अन्तिमसम्म जोगाउँदै पहिलो लेगमा सफलता हात पारेको हो । दोस्रो लेग अर्को साता पीएसजीको मैदानमा हुने छ ।
प्रतिक्रिया दिनुहोस्