Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

कञ्चनपुरमा नलमा लगाइएको आगोबाट गोठमा आगलागी

News and Updates
12 महिना अघि

२० बैशाख , कञ्चनपुर । कञ्चनपुरमा गहुँको नलमा लगाइएको आगोबाट गोठमा आगलागी भएको छ। बेलडाँडी गाउँपालिका-२ ढकनिया बस्ने करन बिष्टको घर नजिक रहेको खेतको गहुँ नलमा लगाइएको आगोबाट गाई गोठमा आगलागी हुँदा गोठ भित्र रहेको भुसा, पराल, काठ लगायतका सामान जलेर नष्ट भएको छ। आगलागीबाट ६० हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

यस्तै कृष्णपुर नगरपालिका-१ जयशंकर सामुयिक वनमा लागेको आगोबाट सोही ठाउँ बस्ने रमेश बुढाको गोठमा आगलागी भएको छ। आगलागीबाट १ लाख ५० हजार बराबरको धनमाल जलेर नष्ट भएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया