४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

आगलागीले घर र गोठ नष्ट

२० बैशाख, मकवानपुर । आगलागीले घर र गोठ जलेर सखाप भएको छ । राक्सिराङ गाउँपालिका-६ स्थित खर्कण्डेटारका इन्द्रलाल चेपाङको घर जलेर नष्ट भएको हो । बुधबार दिउँसो ३ बजेतिर आगलागी भएको तर आगलागीका कारण भने यकिन हुन नसकेको पीडित चेपाङले बताए ।

उनका अनुसार सोलारको तार सट भएर आगलागी भएको हुनसक्छ । “म औषधि लिन बजार गएको थिएँ । यता घरमा एक्कासि आगलागी भएको खबर पाएँ। घर आइपुग्दा सबै घर खरानी भइसकेछ”, उनले भने, “धन्न मानवीय क्षती भने भएन ।”

आगलागीका कारण सबै अन्न र घरसहित करिब ५ लाख जतिको सम्पत्ति जलेर नष्ट भएको चेपाङले बताए । त्यति मात्र नभई छोराछोरीको किताब, कापी सबै सखाप भएको सुनाए । “भएको १३ मुरी धान, १५ पाथी मकै, एक बोरा युरिया मल सबै जल्यो ।

। केही बाँकि रहेन, “उनले भने, “तीनै जना छोराछोरीको सबै किताबकापी पनि खरानी भयो ।” ओढ्ने ओछ्याउने सबै खरानी भएपछि बासको समस्या भएको छ । आर्थिक अवस्था कमजोर भएका चेपाङ्लाई घर चलाउन धौधौ परिरहेका बेला यस्तो विपद आइलाग्दा छोराछोरीलाई कसरी पढाउने भन्ने चिन्ताले पिरोलेको छ । उनले भने, “अब भोलिदेखी बास कहाँ बस्ने भन्ने चिन्ता त छदै छ ।

त्योभन्दा पनि छोराछोरीलाईको पढाइमा हुने समस्याले झन चिन्ता थपेको छ ।” सम्बन्धित निकायबाट केही क्षतिपूर्ती पाए सजिलो हुने उनको भनाइ छ । त्यस्तै, सोही घर छेउमा रहेको स्थानीय जङ्गलाल चेपाङको बाख्राको गोठ पनि आगलागीले नष्ट भएको छ । बाख्रा चरनमा गएका कारण क्षती हुन नपाएको तर काठ जलेर सखाप भएको जङ्गलालले बताए ।। , “३० ओटा बाख्रा छन् । ती खोरमै भाको भए निकै ठूलो क्षती हुने रहेछ”, उनले भने, “तर गोठमा भएको ५० हजारभन्दा बढीको काठ जलेर नष्ट भयो।”

प्रतिक्रिया दिनुहोस्