३ आश्विन २०८१, बिहीबार
मुख्‍य समाचार राजनीति

संसद्को बजेट अधिवेशन आह्वान

२० वैशाख, काठमाडौं । २८ वैशाखदेखि संघीय संसद्को बजेट अधिवेशन सुरु हुने भएको छ ।

बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले २८ गते दिउँसो २ बजेका लागि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका हुन् ।

नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा बजेट अधिवेशन आह्वान गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्