३ आश्विन २०८१, बिहीबार
मुख्‍य समाचार समाचार समाज

सुन्दरहरैँचामा महिलाको शव भेटियो, श्रीमान सम्पर्कविहीन

२० वैशाख, विराटनगर । मोरङको सुन्दरहरैँचामा विभत्स अवस्थामा महिलाको शव फेला परेको छ । सुन्दरहरैँचा नगरपालिका–५ गार्खाली टोलकी ४५ वर्षीया मनमाया तामाङको शव आफ्नै घरभित्र अर्धनग्न अवस्थामा फेला परेको हो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार महिलाका श्रीमान ५० वर्षीय पदमबहादुर तामाङ भने फरार छन् ।

आफ्नै घरको कोठाभित्र मनमायाको शव फेला परेको हो । प्रहरीले पदमबहादुरले मनमायाको हत्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको बताएको छ ।

 

हत्या गरिएको अवस्थामा आमाको शव देखेपछि छोरीले बिहीबार बिहान ७ :२० बजेतिर प्रहरीलाई खबर गरेकी थिइन् । प्रहरीले घरको कोठाको खाटमाथि कम्मरदेखि माथिको भागमा कपडा नरहेको अवस्थामा शव फेला पारेको थियो । महिलाको शरीरको विभिन्न भागमा चोटपटक पनि रहेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार घरमा पदमबहादुर र मनमाया मात्रै बस्दै आएका थिए । छोरीको बिहे भइसकेको र छोरा वैदेशिक रोजगारीका लागि साउदीमा छन् ।

स्थानीयले प्रहरीलाई दिएको जानकारी अनुसार पदमबहादुरले बुधबार बेलुका कुटपिट गरेपछि महिला भागेर छिमेकीको घरमा समेत गुहार माग्न गएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्