३ आश्विन २०८१, बिहीबार
मुख्‍य समाचार राजनीति

सातै प्रदेशमा एयर एम्बुलेन्सको अवधारणा अघि सारौं : गृहमन्त्री

२१ बैशाख, काठमाडौं । गृहमन्त्री रवि लामिछानेले विपद् व्यवस्थापनकालागि सातै प्रदेशमा एयर एम्बुलेन्सको अवधारणा तयार गर्नआवश्यक रहेको बताएका छन् । शुक्रबार सिंदरबारमा बसेको राष्ट्रियसभा अन्तरर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उनले इच्छा हुने हो भने सातै प्रदेशमा एयर एम्बुलेन्सको अवधारणा अघि बढाउन सकिएविपद्बाट नागरिकको जीवनबचाउन सकिने बताए ।

उनले बजेट जसरी भएपनिव्यवस्थापनहुने भएकाले यस्तो अवधारणा आवश्यक रहेको औंल्याए । उनले भने,‘इच्छाशक्ति नहुनु र बजेट नहुनु दुई अलग कुरा हुन् । इच्छा हुने हो भने बजेट जसरी नीम्यानेज हुन्छ जस्तो लाग्छ ।हामीसँग केहीअवधारणा छन् त्यसमा सहयोग चाहिएको छ ।

समितिको सातै प्रदेशमाविपद्को लागि एयर एम्बुलेन्स आवश्यक हुन्छ । नागरिकको ज्यानबचाउने कुरा हो ।सातै प्रदेशले एयर एम्बुलेन्सको अवधारणा आवश्यक छ । विपद् व्यवस्थापनकालागिआवश्यक सामग्रीहरु जुटाउनुपर्ने हुन्छ त्यो बेलाहामीसँग बजेट छैन् भन्ने कुरा हुँदैन् ।’

उनले सरकार फेरबदलसंसारमा जहाँपनिहुने भन्दै सरकार फेरबदलले नागरिकहरुको जीवनमाकुनै प्रभावनपार्ने बताए । जुनै सरकार भएता पनि नागरिकका आधारभूत आवश्यकता र मौलिकहक रक्षा गर्ने कुराहरु नै पहिलो प्राथमिकता बन्ने उनको भनाई छ ।

उनले भने,‘सरकार फेरबदलभन्ने कुरा संसारमा जहाँपनि हुन्छ हामीभन्दापनिअस्थिर देशहरु छन् । राजनीतिक रुपमाएकदमै अस्थिर छन् । कहिले कतिबेला सरकार ढल्ने हो बन्ने हो भन्ने कुरा थाहाहुन्न । तर आमनागरिकहरुको जीवनमात्यसले कुनै प्रभावपारेको हुँदैन् । किनकीनागरिककाआधारभुतआवश्यकताका कुराहरु मौलिकहक रक्षा गर्ने कुराहरु जे सुकै भएपनित्यो पहिलो प्राथमिकताबन्छ ।’

प्रतिक्रिया दिनुहोस्