४ आश्विन २०८१, शुक्रबार
अर्थ मुख्‍य समाचार समाज

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

२५ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकलेमंगलबारका लागिविदेशी मुद्राको विनिमय दर तोकेको छ ।राष्ट्र बैंकका अनुसारआज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २९ पैसा र बिक्री दर १३३ रुपैयाँ ८९ पैसा रहेको छ । सोमबार खरिद दर १३३ रुपैयाँ १८ पैसा र बिक्री दर १३३ रुपैयाँ ७८ पैसाका दरले कारोबार भएको थियो ।

त्यस्तै, आज युरो एकको खरिद दर १४३ रुपैयाँ ६१ पैसा र बिक्री दर १४४ रुपैयाँ २५ पैसा कायम भएको छ । सोमबार खरिद दर १४३ रुपैयाँ ३० पैसा रहेको थियो भने बिक्री दर १४३ रुपैयाँ ९५ पैसा रहेको थियो ।

बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ६४ पैसा र बिक्री दर १६८ रुपैयाँ ३९ पैसा रहेको छ । सोमबार खरिद दर १६७ रुपैयाँ ९ पैसा र बिक्री दर १६७ रुपैयाँ ८५ पैसाले कारोबार भएको थियो । आज कतारी रियालको खरिद दर ३६ रुपैयाँ ५३ पैसा र बिक्री दर ३६ रुपैयाँ ७२ पैसाले कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्