Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

बागलुङमा चट्याङ लागेर १ जनाको मृत्यु

रासस
11 महिना अघि

२५ वैशाख, बागलुङ । ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । सोमबार राति परेको चट्याङले ढोरपाटन नगरपालिका–३ पुर्कोटका ५६ वर्षीय कुमबहादुर पुन गम्भीर घाइते भएका थिए ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक विजय यादवका अनुसार चट्याङ लागेर गम्भीर घाइते भएका पुनको उद्धार गरी उपचारका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लैजाँदा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया