५ आश्विन २०८१, शनिबार
मुख्‍य समाचार समाचार समाज

सरकारी अस्पतालको आँखा छलेर अन्यत्रकाम गर्ने स्वास्थ्यकर्मी निगरानीमा

२५ वैशाख , काठमाडौं । स्वास्थ्यतथा जनसंख्यामन्त्रालयले कार्यालयमा समयमै हाजिर नहुने र सरकारी संस्थामा बिदालिएर निजीतथा गैरसरकारी संस्थामाकाम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी तथाकर्मचारीलाई कारबाही गर्ने भएको छ ।

स्वास्थ्य मन्त्रालय मातहतका अस्पताल तथा स्वास्थ्य संस्थामाकाम गर्ने कर्मचारीले लापरवाही गर्न थालेको, समयमै कार्यालयमा उपस्थित नहुने तथा नीजि क्लिनिकहरु चलाउने गरेको भन्नेगुनासो बढ्न थालेको भन्दै अनुगमन गरि कारबाहीप्रक्रिया अगाडि बढाइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले बताए ।

सरकारी कार्यालय र स्वास्थ्य संस्थामाकाम गर्ने कर्मचारीमध्ये पाँचदेखि सात प्रतिशतकर्मचारी समयमाउपस्थितनहुने, नीजिक्लिनिकमाकाम गर्ने गरेको पाइएको भन्दै उनले संघीय अस्पतालबाट ड्युटी रोस्टर मगाएर कारबाहीप्रक्रिया अगाडि बढाउने बताए ।

उनले भने, ‘सबै पनिहोइनपाँच, सात प्रतिशतकर्मचारीले यस्तो लापरवाही गर्ने गरेको पाइएको छ । हामीले संघीय अस्पतालबाट ड्युटी रोस्टर मगाएका छौं । त्यसलाई हेरेर कारवाही गर्छौं ।’

यस्ता स्वास्थ्यकर्मीलाई कस्तो कारबाही गर्नुहुन्छ भन्ने नेपालन्युूज बैंकको प्रश्नमाउनले भने, ‘स्वास्थ्य सेवा ऐन, २०५३ र नियमावली, २०५५ मा सबै सरकारी कर्मचारीको समय नेपाल सरकारको अधिनमाहुने र बिदाअधिकारको कुरा नभएर सहुलियतमात्रै भएको स्पष्ट कानुनीव्यवस्था रहेको छ । सोहि ऐन र निवमावलीमा टेकेर कारबाही गर्छौं, छुट्टै कानूनको आवश्यक्तानै पर्दैन ।’

सरकारी चिकित्सक, स्वास्थ्यकर्मी एवं कर्मचारीले त्यस्तो कार्य गरेकोमा उनीहरुलाई सचेत गराउनेदेखि बरखास्त गर्नेसम्मका कारबाहीहुने बुढाथोकीको भनाइ छ ।
देशकै जेठो अस्पताल बीर अस्पतालमा बहिरंग विभागको सेवा सुरु भएदेखि सेवाअवधिभर वरिष्ठ डाक्टरले रेखदेख गर्नुपर्ने गरी प्रवन्ध गरिएको मन्त्रालयको उच्च सूत्रले बताएको छ ।

बीरकै कतिपय डाक्टरहरु नीजिक्लिनिक र अस्पतालहरुमा अतिरिक्तकाम गरिरहेको सूचना पाएपछि त्यस्ता डाक्टरहरुको विवरण मन्त्रालयले संकलन गरिसकेको र उनीहरुलाई कार्यस्थलबाटै नियन्त्रणमा लिनेगरी निगरानी समेत गरिएको सूत्रले जानकारी दिएको छ ।

मन्त्रालयकाउच्चअधिकारीले सरकारी र नीजिअस्पतालमाप्रत्यक्ष र परोक्ष तरिकाले अनुगमन गर्ने संयन्त्र परिचालन गरिएको बताए । बीर अस्पतालमाअहिले बहिरंग विभागको सेवाबिहान ८ बजे सुरु भएर १२ ३० सम्म सञ्चालन हुन्छ भने त्यसपछि अपरान्ह १ बजेदेखि ४ बजेसम्म सेवाखुला रहने प्रवन्ध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्