३ आश्विन २०८१, बिहीबार
अन्तराष्ट्रिय मुख्‍य समाचार

दिल्लीका मुख्यमन्त्री केजरीवाल अन्तरिम जमानतमा रिहा, चुनाव प्रचार गर्न पाउने

२८ वैशाख, काठमाडौं । भ्रष्टाचार आरोपमा पक्राउ परेका नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अन्तरिम जमानतमा रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

उनलाई आगामी जुन महिनाको १ तारिखसम्म जमानतमा रिहा गर्न सर्र्वोच्च अदालतले आदेश दिएको हो । साथै उनलाई जुन २ तारिखमा फेरि अदालतमै हाजिर हुन भनिएको छ ।

भारतमा लोक सभाको चुनाव एक तारिखमा सकिन्छ । त्यही चुनावको प्रचारमा सहभागी हुन उनलाई अदालतले अनुमति दिएको हो । सातचरणको चुनावमध्ये तीन चरणको चुनाव सकिइसकेको छ । नयाँ दिल्लीमा २५ मा चुनाव छ ।

मदिरा सम्बन्धी नीतिगत निर्णयमा अनियमितता गरेको आरोपमा आप पार्टीका नेता केजरीवाल ४० दिनदेखि तिहाड जिलमा बन्द छन् । उनी आज साँझसम्म जेल मुक्त हुने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्