३ आश्विन २०८१, बिहीबार
मनोरन्जन मुख्‍य समाचार

गायक आरसी चौधरीले ल्याए ‘मिल्ने भए’

२९ वैशाख, काठमाडौं । सुगम संगीतमा साधना गरिहरेका गायक रामचन्द्र चौधरी (आरसी)ले ‘मिल्ने भए’ बोलको गीत ल्याएका छन् ।

शनिबार ललितपुरमा एक कार्यक्रमको आयोजना गरेर आरसीले उक्त गीत र गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।

आरसी चौधरीको स्वरमा रहेको उक्त गीतको रचना नदीशले गरेका छन् भने संगीत मण्डल साम्पाङले दिएका छन् ।

यस्तै गीतको म्युजिक भिडियोमा ईश्वर श्रेष्ठ र शान्ति सिंजाली मगरले अभिनय गरेका छन् ।

गीतको म्युजिक एरेन्ज विष्णु अधिकारी, मास्टरिङ विश्व अधिकारी, र भिडियो धन खालिङले गरेका छन् भने गीतलाई सगरमाथा म्युजिक एण्ड इन्टरटेनमेन्ट युट्युब च्यानलले ल्याएको छ।

पछिल्लो अलग आर्ट हबमा विगत ३ वर्षदेखि आधुनिक सुगम संगीतको साधना गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्